हाम्रो बारेमा
एकीकृत सेवा कार्यालय, नवलपुर गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लास्तरमा सेवा प्रवाह गर्ने प्रमुख प्रशासनिक निकाय हो। प्रदेश सरकारको प्रशासनिक संरचनालाई प्रभावकारी, मितव्ययी, नागरिकमैत्री तथा सेवा–मुखी बनाउने उद्देश्यले गण्डकी प्रदेश सरकारले २०८२ सालमा प्रशासनिक पुनर्संरचना गरी उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत सञ्चालित पर्यटन तथा घरेलु उद्योग कार्यालय तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित सामाजिक विकास कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरूलाई एकीकृत गर्दै यस कार्यालयको स्थापना गरेको हो।
यसअघि शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि एवं सामाजिक विकास मन्त्रालयअन्तर्गत गण्डकी प्रदेशका ११ वटै जिल्लामा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७८ बमोजिम सामाजिक विकास कार्यालयहरू र साबिक उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन तथा साना उद्योग कार्यालय स्थापना गरी छुट्टाछुट्टै सञ्चालनमा ल्याइएको थियो। प्रशासनिक पुनर्संरचनापश्चात सम्बन्धित कार्यालयहरूको कार्यक्षेत्र, जनशक्ति तथा सेवा प्रवाहलाई एकीकृत गरी नागरिकले एउटै कार्यालयबाट बहुआयामिक सेवा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ बमोजिम प्रदेश सरकारबाट स्वीकृत नीति, योजना तथा कार्यक्रमहरूको जिल्लास्तरमा प्रभावकारी कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी यस कार्यालयले निर्वाह गर्दछ। कार्यालयले सामाजिक विकास, शिक्षा, संस्कृति, युवा तथा खेलकुद, पर्यटन प्रवर्द्धन, घरेलु तथा साना उद्योग विकास, उद्यमशीलता प्रवर्द्धन, सीप विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, सामुदायिक पूर्वाधार निर्माण तथा मर्मतसम्भार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सूचना तथा समाचार
1 October 2026
जेष्ठ नागरिक सेवा केन्द्रलाई सञ्चालन अनुदान मागका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
1 October 2026
वातावरण व्यवस्थापन दस्तुर बुझाउने सम्वन्धी अत्यन्त जरुरी सूचना
29 September 2026
विश्व अल्जाइमर दिवसको अवसरमा अल्जाइमर सम्वन्धी सचेतना कार्यक्रम
23 September 2026
कार्यालय स्थानान्तरण भएको सूचना
3 September 2026
